काठमाडौँ । चिनियाँ राजदूत हाउ यान्छीको गत साता काठमाडौंमा भएको तीव्र राजनीतिक भेटघाटपछि दिल्लीका मुख्य पत्रपत्रिका र थिंक–ट्यांकको एउटा वृत्तले काठमाडौंमा चीनको प्रभाव बढिरहेको विश्लेषण गरेको छ ।
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेको मंसिर तेस्रो साता भएको नेपाल भ्रमण तरंग नटुंगिँदै फेरि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उच्च अधिकारीले आइतबारबाट नेपाल भ्रमण गर्नुलाई दिल्लीमा चीन ‘थप सक्रिय भएको’ भन्न थालिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’ बीच भाइचारा सम्बन्ध स्थापित भएपछि उत्तर र दक्षिणसँगको ‘निकटता’ र ‘दूरी’ एकैसाथ झल्कन सुरु भएको समाचारमा उल्लेख छ ।
यसबीचमा नेकपाभित्र शक्ति संघर्ष जारी हुनुका साथै संघर्ष चाँडै विभाजनका रुपमा टुंगिनेमा दिल्ली आशावादी भयो । तर नेकपाको भदौ २६ गते अध्यक्ष केपी ओलीले ५ वर्ष प्रधानमन्त्रीका रुपमा काम गर्ने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकामा रहने सहमति बन्यो । उक्त समझदारी भारतको अपेक्षा विपरित थियो भने त्यसपछि ओलीको तत्काल बहिर्गमन सम्भव नभएको निष्कर्षमा भारत पुग्दै दिल्लीले ओली नेतृत्वको संस्थापनसँग सहकार्य गर्ने नीति लिएको देखिन्छ ।
अहिले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा भारतले अर्थपूर्ण तरिकाले मौनता साधेको छ। चीनसँग ओली टाढिँदै गएपछि ओली भारतसँग निकटता बढाएको पनि समाचारमा जनाइएको छ । चिनियाँ राजदूतले गत असारको भेटमा ‘पार्टी फुटाउनु भन्दा बरु प्रधानमन्त्री पद छाड्न’ आग्रह गरेपछि ओली चीनबाट टाढिँदै गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ पुस २०७७, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा