प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका नेकपा नेता प्रभु साह नाटकीय रुपमा मन्त्री बन्न सफल भएका छन् । उनलाई प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि उनले सार्वजनिक रुपमा कडा विरोध गरेका थिए भने प्रचण्ड नेपाल समूहको केन्द्रीय समिति बैठकमा समेत सहभागी भएका थिए । तर प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी भएका उनले दुई अध्यक्षात्मक प्रणालीको भने विरोध गरेका थिए ।
यसअघि साहले प्रतिनिधि सभा विघटनको निर्णय आत्मघाती भएको टिप्पणी गरेका थिए ।
‘नेपाली जनताले नेकपालाई लगभग दुई तिहाईको ऐतिहासिक स्पष्ट बहुमत मार्फत देशमा स्थायित्व, सुशासन र तिव्र विकास सहित समृद्धिको लक्ष्य हासिल गर्ने, नेपालको संबिधानमा रहेको त्रुटीहरूलाई सच्याउँदै जनताको परिवर्तनको चाहना अनुरूप आवश्यक परिमार्जन गर्ने तथा विश्व कम्युनिष्ट आन्दोलनका लागी समेत एउटा नमुना (मोडल) प्रस्तुत गर्ने सुअवसर प्रदान गरेको अवस्थामा पार्टी नेतृत्वको बिच आपसी सहमतिमा अगाड़ी बढ़नुको सट्टा नेपालको संविधानको मुलमर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहदारहदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो’, साहले सामाजिक सञ्जालमार्फच पुस २० मा भनेका थिए ।
तर, पुस ९ गते अर्को विज्ञप्ति निकालेर उनले ओलीको कदमलाई सुरुमा विरोध गरेको भएपनि दुई अध्यक्षात्मक राखेर गल्ती भएको भन्दै प्रचण्ड–नेपाल समूहलाई नै गलत देखाएका थिए । यहीबीचमा शुक्रबार उनले प्रचण्डसँगको सम्बन्धलाई तोड्दै ओलीतरि गएर मन्त्री पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ पुस २०७७, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे
मन्त्री छनौटमा बारबरा फाउन्डेसन हावी : थपिने दुई मन्त्री फाउण्डेसनबाटै
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज