काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मालाई पदमुक्त गरेका छन् । यस्तै राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् । यसअघि नै नेकपाको प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए ।
सोपछि रिक्त पद तथा अहिले विश्वकर्मासमेतलाई हटाएर प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय लिएका हुन् ।
जसअनुसार ओलीले टोपबहादुर रायमाझीलाई उर्जा मन्त्री बनाएका छन् भने मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्री बनाएका छन् । त्यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि उनी सहरी मन्त्री रहेका थिए ।
त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री हुँदा गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । यस्तै दावा लामा विश्वकर्माको ठाउँमा युवा तथा खेलकुद मन्त्री भएका छन् ।
यसैगरी यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनमन्त्रीमा सरुवा गरिएको छ भने संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । यसैगरी जुली कुमारी महतो महिला बालबालिका तथा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा