काठमाडां । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्नुहुने भएको छ ।
चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो ।
भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जानुहुने भएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १० पुस २०७७, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता