ओलीले केन्द्रीय सदस्यमा मनोनयन गरेका यी नेताले गरे पद अस्वीकार

नेकपाका वैधानिक ४४१ सदस्यीय केन्द्रीय समितिलाई सधैभरी आफु अप्ठयारोमा परेपछि सडक छापको बिल्ला लगाउँदै आएका ओलीले अहिले भने सडकमा कोही देख्नै नहुने गरी जसलाई पनि टिपेर केन्द्रीय सदस्य बनाउने अभियान चालेका छन्, तर त्यसरी बनाईएका केन्द्रीय सदस्यले पनि पद धमाधम अस्वीकार गर्ने लहर शुरु भएको छ

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, ०८ : ४७
ओलीले केन्द्रीय सदस्यमा मनोनयन गरेका यी नेताले गरे पद अस्वीकार

काठमाडौं । निरंकुश र स्वेच्छाचारितामा पार्टी र सरकार सञ्चालनको अभ्यास गरेका प्रधानमन्त्री केपी ओलीले अन्ततः नेकपालाई विभाजन गरेपछि उनले पार्टी नेता कार्यकर्ता रोक्न अनेकै फन्डा रच्दै आएका छन् । जे कुरामा पनि कुर्तक गरेरै दुनिया ढाँटन सक्ने कलावाज ओलीले नेता कार्यकर्तामा लाग्ने पहिरो रोक्न  सबैलाई पद बाडे ।

अर्थात, उनले आकांक्षा राख्नेहरु सबैलाई केन्द्रीय सदस्य बनाउने फर्मूला अख्तियार गरे । अहिले उनले केन्द्रीय सदस्यको संख्या ११९९ को घोषणा गरेका छन् । बुधबार मात्रै आफुतिर खुलेका गृहमन्त्री बादललाई पनि ३ सय जनाको नाम ल्याउनु केन्द्रीय सदस्य बनाउछु भनेका छन् । आफु पछिको वरियता दिने गरी ओलीले बादललाई आफनो खेमाभित्र आजबाट भित्रयाउँदैछ ।

त्यसक्रममा उनले नयाँ लाई जगजगाउने हो, नयाँ भए, भर्खरका भए नसोच्नुस, ३ सय जनाको केन्द्रीय समितिमा नाम ल्याउनुस्, उनीहरुलाई पनि बनाएर लैजाने हो भनेका थिए । त्यसपछि अहिले गृहमन्त्री बादल कसलाई केन्द्रीय सदस्य बनाउने भनेर नाम खोजीमा लागेका छन् । तर ओलीले घोषणा नै गरिसकेका कतिपयले भने ओलीको केन्द्रीय सदस्यको बम्पर उपहार त्याग गरेका छन् ।

पार्टी विभाजन गर्ने, अनि आफनो सत्ता र मैमत्ता टिकाउनका लागि आँखामा छारो हाल्ने गरी केन्द्रीय सदस्य भइस् भन्दै पद बाड्ने ओली रणनीतिको कतिपयले उल्टै लोप्पा खुवाईदिन थालेका छन् । तत्कालिन एमाले र माओवादी बीच पार्टी एकता भई बनेको ४४१ सदस्यीय केन्द्रीय समितिलाई सधैंभरी अप्ठयारोमा पारेपछि सडक छापको बिल्ला लगाउदै आएका ओलीले अहिले भने सडकमा कोही देख्नै नहुने गरी जसलाई पनि टिपेर केन्द्रीय सदस्य बनाउने अभियान चालेका छन् ।

तर उनको यो मिसन पनि राजनीतिमा लज्जानीतिका रुपमा परिणत हुदैछन् । अर्थात उनैले केन्द्रीय सदस्य बनाएकाहरुले धमाधम आफुलाई त्यस्तो पद अस्वीकार्य भएको भन्दै राजीनामा दिन थालेका छन् । सफलखबरलाई प्राँप्त भएसम्म यो संख्या अहिलेसम्म १९ जना पुगिसकेको छ । तर सञ्चारमाध्यमसम्म आईनपुगेका अन्य कतिपय नेताहरुले पनि ओलीको बक्सिसमा पाएको केन्द्रीय सदस्य अस्वीकार गर्दै राजीनामा दिएका हुन सक्ने देखिएको छ ।

यो क्रम अझै बढेर जाने देखिएको छ । सफलखबरलाई प्राप्त अहिलेसम्मको तथ्यांकमा ओलीले केन्द्रीय सदस्य बनाएपनि यी नेताहरुले आफुलाई त्यस्तो पद नचाहिने भन्दै ओलीलाई नै फिर्ता बुझाईदिएका छन् । ति नेताहरु यी हुन् :
 
१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ
२) गोपाल बुढाथोकी–झापा
३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री, झापा
४) ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख
५) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव
६) कमलेश झा–नेकपा प्रदेश २ सदस्य
७) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८) बृहस्पति अधिकारीे–नवलपरासी
९) जागेश्वरीदेवी चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख
१०) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य
११) टिका खडको–दाङ
१२) नेत्र पन्थीे–रुपन्देही
१३) नन्द किसोर ढकाले–रुपन्देही
१४) देबी बस्याल–पाल्पा
१५) आशोक शाही
१६) कमल श्रेष्ठ–पाल्पा
१७) कल्याणी चौधरीे–बारा
१८) गगन विष्ट–गुल्मी
१९) नरेश पोखरेल–बिराटनगर