काठमाडौं । सर्वोच्च अदालतमा बुधबार प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरूको बहस चल्दै गर्दा एकल इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भित्तामा राखिएको घडीतिर हेर्दै पौने २ बजेसम्म बहस टुंग्याउन आग्रह गरे ।
त्यसपछि उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्च अदालत परिसरसँग जोडिएको महान्यायाधिवक्ता कार्यालयको भवनतर्फ लागे । महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि नै नयाँ भवन उद्घाटन कार्यक्रम राखेको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबरा एउटै मञ्चमा उपस्थित भएका छन् ।
उनीहरू उपस्थित मात्रै भएनन्, एक–अर्काको छेउमै बसे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख र प्रधानन्यायाधीशलाई विशेष अतिथि भनिएको थियो । त्यतिमात्रै होइन, दुवै जना ढल्केर एक–अर्कासँग कुराकानी गरेको तस्बिरसमेत सार्वजनिक भयो ।
सर्वोच्च अदालतले जारी गरेको न्यायाधीशहरूको आचारसंहितामा मुद्दाको पक्षसँग अनावश्यक सम्बन्ध बढाउन नहुने उल्लेख छ । आचारसंहितामा भनिएको छ, ‘अनावश्यक सम्बन्ध र सम्पर्क बढाएको कारणले विवादको सुनुवाइ वा निरूपण गर्न अयोग्य हुने स्थितिको सिर्जना नहोस् भन्ने हेतुले त्यस्ता सम्भावनाहरूबाट टाढै रहनुपर्छ ।’
यसै पनि प्रधानन्यायाधीश जबरामाथि प्रधानमन्त्री ओलीबाट प्रभावित भएका अनेक आशंकाहरू सार्वजनिक भएका थिए । त्यसैलाई बल पुग्ने गरी प्रधानन्यायाधीश जबरा उनीसँगैको समारोहमा उपस्थित भएका हुन् ।
वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले मुलुकको कार्यपालिका र न्यायपालिकाको प्रमुखको सम्बन्धलाई प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासबीचमा रहेको सानो पर्खालसँग तुलना गरे । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने