काठमाडौं । नेकपाका पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए ।
भेलामा दाहाल–नेपाल पक्षधरलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्य राखिएको थियो । कार्यक्रममा एउटा पक्षलाई मात्र राखिएको भन्दै ओली समर्थकले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता–कार्यकर्ताले सिन्धुलीस्थित नेकपा जिल्ला कार्यालय कब्जा गरेका छन् । पार्टी कार्यालय रहेको कमलामाई नगरपालिका–६ स्थित आजाद स्मृति भवन बुधबार ओली पक्षले कब्जामा लिएको हो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर