काठमाडौं । नेकपाका पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए ।
भेलामा दाहाल–नेपाल पक्षधरलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्य राखिएको थियो । कार्यक्रममा एउटा पक्षलाई मात्र राखिएको भन्दै ओली समर्थकले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता–कार्यकर्ताले सिन्धुलीस्थित नेकपा जिल्ला कार्यालय कब्जा गरेका छन् । पार्टी कार्यालय रहेको कमलामाई नगरपालिका–६ स्थित आजाद स्मृति भवन बुधबार ओली पक्षले कब्जामा लिएको हो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन