काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुट नजिक पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बबरमहलमा केन्द्रीय समितिको अलगअलग बैठक बस्यो ।
ओली पक्षीय केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ४ सय ५६ जना थप गरी ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनायो भने नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई सो जिम्मेवारी दिएको जानकारी सोही दिन निर्वाचन आयोगलाई गरायो ।
दाहाल पक्षीय केन्द्रीय समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नयाँँ अध्यक्ष बनायो । यसको जानकारी दाहाल–नेपाल पक्षधर सदस्यले बुधबार आयोगलाई गराए । नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ