काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा विघटनलाई लिएर फुट नजिक पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बबरमहलमा केन्द्रीय समितिको अलगअलग बैठक बस्यो ।
ओली पक्षीय केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ४ सय ५६ जना थप गरी ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनायो भने नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई सो जिम्मेवारी दिएको जानकारी सोही दिन निर्वाचन आयोगलाई गरायो ।
दाहाल पक्षीय केन्द्रीय समिति बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई नयाँँ अध्यक्ष बनायो । यसको जानकारी दाहाल–नेपाल पक्षधर सदस्यले बुधबार आयोगलाई गराए । नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ पुस २०७७, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?