काठमाडौं । ‘नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रूपमा होइन, हामी घोलिएका छौं। हिन्द महासागरमा गएर हामीले सेती, कोसी खोजेर पाइँदैन,’ २०७५ जेठ ३ गते प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्माले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण सभामा दिएको मन्तव्यको अंश हो।
दुई पार्टी मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई हिन्द महासागरसँग तुलना गर्दै मुलुकलाई अब आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउने ओलीको कुरा उनका नेता तथा कार्यकर्तालाई मात्र होइन, आम जनतामा समेत उत्साह भरेको थियो, अब देशमा केही हुन्छ। दुई पार्टी मिलेर गठन भएको नेकपा देश र जनताको पक्षमा खरो रूपमा उत्रिनेछ।
विगतबाट पाठ सिकेर नेताहरूले सल्लाह, विचार, विमर्श, विश्लेषण गरी अगाडि बढ्नेछन् र मुलुकलाई पनि अघि बढाउनेछन्। तर साढे दुई वर्ष बित्दानबित्दै त्यही हिन्द महासागर फेरि खहरेमा परिणत भएको छ। कम्युनिस्ट जुट्न जान्दैनन्, फुट्न मात्र जान्दछन् भन्ने कुरा इतिहास भइसक्यो भन्ने ओलीको भनाइ खण्डित भएको छ।
इतिहास फेरि वर्तमान भएको छ। त्यो पनि नेताहरूको व्यक्तिगत स्वार्थ टकराउँदा दुई पार्टीबीच अन्तरघुलन होइन, विभाजन हुन पुगेको छ। साढे दुई वर्षअघि अचानक पार्टी एकता गरेर नेता तथा कार्यकर्तालाई उत्साहित गराएका केपी शर्मा ओली र पुष्पकमल दाहालले त्यसरी नै फेरि पार्टी विभाजन गरेर निराशामा बदलेका छन्।
विचार, सिद्धान्त, कार्यक्रमभन्दा सत्ता स्वार्थले एक ठाउँमा आइपुगेका उनीहरूबीचको अविश्वासको खाडल हटेन। बरु, अविश्वास र स्वार्थ झाँगिँदै जाँदा अन्ततः नेकपा विभाजन हुन पुगेको छ। दुई अध्यक्षबीच छलफल र समझदारीमा सरकार र पार्टी चलाउने बताएका ओली र दाहालले मंगलबार आफूनिकटका नेताहरूको बैठक राखेर आ–आफ्नो नयाँ पसल सुरु गरेका छन्।
आ–आफ्नो खर्कबाट पानीघाटमा जा“दा भेटिएका चौंरीजस्तै पार्टी एकता गरेर केही समय एकै ठाउ“मा देखिए पनि ओली र दाहाल फेरि आ–आफ्नो बाटो समाएका छन्। एकअर्कालाई आरोप, आक्षेप र कारबाही गर्दै दुवै पक्ष आफूलाई प्रमाणित गर्ने होडमा जुटेका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ पुस २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ