काठमाडौं । उखु किसानहरुले आज (मंगलबार) पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरु १० दिन यता माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गरिरहेका छन् ।
किसानहरुले चिनी मिल सञ्चालकहरुबट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ । गत वर्षको सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगी बिच सम्झौता गराएपनि उक्त सम्झौता अनुसार भुक्तानी नपाएपछि किसानहरु फेरी काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।
सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गर्ने बताएपनि अहिले सम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन् । किसानहरुले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् । उखु किसानहरुले आफुहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन