काठमाडौँ । नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल । दुवै जना केन्द्रीय सदस्य पनि हुन् । पूर्वएमालेका रिजाल नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने ढकाल अर्का अध्यक्ष दाहाल निकटस्थ हुन् ।
नेकपा एकीकरणयता पार्टी कार्यालयबाट जारी हुने सम्पूर्ण सूचनामा दुवैको नाम सँगैसँगै आउने गर्थ्यो ।सोमबार भने सबै केन्द्रीय सदस्यले रिजाल र ढकालका नाममा छुट्टाछुट्टै ‘म्यासेज’ पाए । पार्टी केन्द्रीय कमिटी बैठकको जानकारी दिइएको एउटै व्यहोराका दुइटा म्यासेजमा स्थान र समय फरक छ । रिजालले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारका लागि बैठकको निम्तो दिएका छन् भने ढकालले दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा उपस्थिति हुन अनुरोध गरेका छन् । यसरी आएको छुट्टाछुट्टै निम्तोलाई केन्द्रीय सदस्यहरूले पार्टी विभाजनको औपचारिक आह्वानका रूपमा बुझेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै उत्पन्न जटिल परिस्थितिले नेकपाका नेताहरूलाई अलग्याउने लगभग निश्चित भइसकेको थियो । त्यसलाई थप पुष्टि गर्ने गरी दुई अध्यक्षले सोमबार विभाजनको छुट्टाछुट्टै पूर्वाभ्यास गरे । ओलीले बिहान आफ्नै सरकारी निवास बालुवाटारमा आफैंले विघटन गरेको प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएर दुई अध्यक्षको सहमतिबिना पार्टीले गर्ने कुनै पनि निर्णय वैधानिक नहुने भन्दै त्यसो गरिए एकता भंग हुने ब्रिफिङ गरे । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ पुस २०७७, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ