काठमाडौँ । ऊर्जामन्त्रीबाट राजीनामा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले सरकारी क्वार्टर छाडेका छन् । पुनका प्रेस संयोजक दयानिधि भट्टले आजैदेखि पुन बालुवाटारस्थित डेरामा सरेको जानकारी दिए ।
‘राजीनामा दिएसँगै सामान धमाधम सार्ने काम भइरहेको छ । लगभग सबै सामान आजै सारिसकिनेछ’, उनले भने, ‘उहाँ आज क्वार्टर छाडेर बालुवाटास्थित डेरामा बस्नुहुन्छ ।’
मन्त्री पुनले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्रालयमै छाडिसकेको पनि भट्टले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनसहित ७ मन्त्रीले आज राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ पुस २०७७, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा