प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक राखे । तर, गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरेर मंगलबार साँझ ५ बजेकै लागि तय भएको जानकारी गराइयो ।
जबकी बैठक बस्न ४८ घण्टा अगाडि परिषद् सदस्यहरुलाई पत्र पठाएर जानकारी गराउनुपर्ने व्यवस्था हुँदाहुँदै ५ बजेकै लागि बैठक बोलाइएपछि जानकारहरु त्यतिबेलै चकित भए । किनकी ५ बजे नै बैठक बस्नु संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) २०६६ प्रतिकुल हुने थियो ।
तर ओलीले भित्रभित्रै अध्यादेश ल्याउने तयारी गरेका कारण ५ बजेकै लागि बैठक राखेको खुलासा भएको छ । सोको पुष्टि मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेसँगै भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।
तर रोचक त के रह्यो भने संवैधानिक परिषद्को बिहानको बैठक अवरुद्ध हुनेत्तिकै ठाकिएको मन्त्रिपरिषद् बैठकमा ओलीले यसबारे छलफल नै चलाएनन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको बताए । छलफल नै नभएको विषयमा एकाएक राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएपछि आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए । ‘अध्यादेशबारे बैठकमा सुईंको पनि दिइएको थिएन । केही छलफलै भएन । सानो काम गर्नुपर्ने भएर बैठक बोलाइएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो’, ती मन्त्रीले भने, ‘बैठक सकिएपछि प्रधानमन्त्री एक्लैले निर्णय गरेर त यस्तो भएको होला ।’
बालुवाटार स्रोतका अनुसार ओलीले सबै मन्त्रीहरु गइसकेपछि मुख्यसचिवलाई अध्यादेशबारेको निर्णयको माइन्यूट बनाउन लगाएर राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि सिफारिस गरेका थिए । बालुवाटारले सिफारिस गरेसँगै हतारमा शीतलनिवासले पनि अध्यादेश तुरुन्तै जारी गरेको हो ।
यो अध्यादेशपछि नेकपाभित्र थप विवाद चर्किएको छ भने काँग्रेसले पनि ओलीको अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ ।
ओलीले झेल गरेर अध्यादेश ल्याएको नेकपाको असन्तुष्ट समूहको निष्कर्ष छ भने यसले पार्टी रसातलमा पुग्ने खतरा बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ’ : ओली
ओलीले भने : ‘देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु व्यक्तिगत विषय’
सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको हो, कसैको समर्थन छैन : ओली
जेन जी आन्दोलनपछि पहिलो पटक च्यासल पुगे ओली
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'