यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, २४ असार २०८३, ०७ : १४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६४ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ९० पैसा र बिक्रीदर १८८ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०७ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस