काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमान सिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले बिहीबार एक शोक वक्तव्य जारी गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कमरेड लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको जुझारु, बौद्धिक व्यक्तित्वका धनी भएको भन्दै उनको ठूलो योगदान रहेको स्मरण गरेका हुन् ।
“हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमरेड कोरोना भाइरसको संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान असामयिक निधन भएको खबरले मलाई दुखित् तुल्याएको छ, उनले शोक वक्तव्यमा भनेका छन्– ‘२०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभएको थियो। ।’
उनले वक्तव्यमा अगाडी थपेका छन्–‘२०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो, दिवंगत कमरेड लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।” केन्द्रिय सदस्य लामाको शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०७७, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड