काँग्रेस सभापति देउवालाइ राष्ट्रपतिले किन बोलाइन् शितल निवास  ?

काँग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार झण्डै दुई घण्टा शितल निवासमा बोलाएर भेटवार्ता गरेकी छिन्

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, ०८ : ४८
काँग्रेस सभापति देउवालाइ राष्ट्रपतिले किन बोलाइन् शितल निवास  ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेस सभापति शेरबहादुर देउवाका बीचमा भेटवार्ता भएको छ । मंगलबार साँझ पौने ५ बजे देखि सवा ६ बजेसम्म राष्ट्रपति र देउवाबीच शितल निवासमा भेटवार्ता भएको हो । देउवालाई राष्ट्रपति भण्डारी आफैले टेलिफोन गरी भेट्न बोलाएकी हुन् ।

सत्तारुढ दल नेकपाको आन्तरिक विवादमा अध्याधिक चासो लिदै प्रधानमन्त्री केपी ओलीको सत्ता संकट टार्नका लागि अधिकतम कोसिस गरिरहेकी राष्ट्रपतिले काँग्रेस सभापतिलाई किन बोलाइन् ? दुई घण्टा के विषयमा छलफल गरिन् भन्ने विषयमा सार्वजनिक भएको छैन् ।

ओली र देउवाका बीचमा बढ्न खोजेको हिमचिममा राष्ट्रपतिले पनि देउवालाई बोलाएर भेटवार्ता गर्नुलाई राजनीतिक वृत्तमा निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा कुनै पनि धारणा नराखी बाहिरिएका देउवाले त्यसपछि भने शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

तर राष्ट्रपतिका नीजि सचिवालयले समसामायिक विषयमा प्रमुख प्रतिपक्ष दलका नेतासँग राष्ट्रपतिले परामर्श गर्ने बेला बेलाको चलन अनुसार नै भेटघाट गरेको बताएको छ । पार्टीभित्र संकट पर्दा ओलीले पनि बेला बेला देउवालाई बोलाएर सत्ता सहयात्रा सम्मको प्रस्ताव गर्ने गरेका थिए । केही समय अगाडी पनि देउवालाई ओलीले बालुवाटार बोलाएर त्यस्तै प्रस्ताव गरेका थिए ।

जसकाकारण ओली र देउवाका बीचमा बढ्न खोजेको हिमचिममा राष्ट्रपतिले पनि देउवालाई बोलाएर भेटवार्ता गर्नुलाई राजनीतिक वृत्तमा निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा कुनै पनि धारणा नराखी बाहिरिएका देउवाले त्यसपछि भने शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारीले यस अगाडी प्रधानमन्त्री केपी ओली, प्रचण्ड, इश्वर पोखरेल, रामबहादुर थापा, वामदेव गौतम, घनश्याम भुषाल लगायतका नेकपा नेतालाई शितल निवास बोलाएर छलफल गर्ने गर्दै आईरहेकी थिइन् ।

नेकपा भित्रको आन्तरिक विवादमा हस्तक्षेपकारी भूमिका खेल्न खोजेर राष्ट्रपतिले सम्वैधानिक दायरा मिचेको आरोप लगाईरहेका बेला उनले काँग्रेस सभापति देउवासँग भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सर्वदलीय बैठक बोलाईरहेका बेला काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको तामझामका कारण सडकमा सरकार विरुद्ध असन्तुष्टि बढिरहेको बताईरहेका बेला देउवाको भने राष्ट्रपतिसँग गोप्य भेटवार्ता भएको हो ।
 

प्रतिक्रिया दिनुहोस