प्रचण्ड–ओलीबीच वान टु वान वार्तापछि बल्ल बस्यो सचिवालय बैठक

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १३ : ४८
प्रचण्ड–ओलीबीच वान टु वान वार्तापछि बल्ल बस्यो सचिवालय बैठक

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक बस्नुअघि आधा घण्टा कुराकानी भयो । त्यही कुराकानीले प्रधानमन्त्री ओली सचिवालय बैठकमा बस्न सहभागी भए । बालुवाटारमा सचिवालय बैठक सुरु पनि भइसकेको छ । 

दुई अध्यक्षबीच कात्तिक २५ यता भेटघाट भएको थिएन । दोस्रो तहका नेताहरुले ओली प्रचण्डबीच भेटघाट गर्ने वातावरण बनाएका थिए । प्रचण्डसँगको भेटपछि ओली सचिवालय बैठकमा बस्न सहमत भएका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको पस्तावमाथि छलफल हुने बताइएको 

यसअघि गत मंगलबार बसेको  बैठकमा ओली सहभागी भएका थिएनन् । यसअघि भएको बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो । 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डको वान टु वान वार्तापछि सचिवालय बैठक बसेको हो । आजको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस