काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीले दोस्रो पटक बैठक बोलाएको हो ।
बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानूनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ । बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो ।
आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरू उपस्थित छन् भने अध्यक्ष ओलीको कुर्सी खाली राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग