प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १२ : ३६
प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

फाइल तस्विर

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

शनिबार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् । 

बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिवा विष्णु पौडेल पनि पुगेका छन् । 

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो । 

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 
आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष (खुमलटार र बालुवाटार) शनिबार बिहान आन्तरिक छलफलमा जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस