प्रधानमन्त्री ओलीलाई तीन दिनको अल्टिमेटम, स्थायी समितिको बैठक प्रभावित

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १५ : २५
प्रधानमन्त्री ओलीलाई तीन दिनको अल्टिमेटम, स्थायी समितिको बैठक प्रभावित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि बैठक नै मंसिर २० गतेको लागि सारियो । भोलि बस्ने भनिएको स्थायी समिति बैठक पनि प्रभावित भयो । बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि प्रचण्ड–माधव नेपालसहितका नेताहरुले तीन दिनको अल्टिमेटम दिएका हुन् ।  बैठकमा सहभागी नभएपछि प्रचण्ड माधव पक्षले ओलीको हर्कतको विरोध गरेका थिए ।  वरिष्ठ नेता झलनाथ खनालले बैठक छल्न खोले आवश्यक निर्णय गर्नुपर्ने बताए । 

पार्टीभित्र विवाद चर्किँदै जानु र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बैठकमा सहभागी नभएपछि सचिवालयका प्रचण्ड माधव पक्षका नेताहरुले तीन दिनको अल्टिमेटम दिएपछि ओली पक्षले नयाँ रणनीति बुन्ने तयारी गरेको स्रोतको भनाइ छ ।  मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित भएपछि नेताहरु प्रधानमन्त्री ओलीसँग नेताहरु आक्रोसित भएका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ओलीले बैठकमा सहभागिता जनाउने प्रतिबद्धता जनाएपनि अन्तिम समयमा सहभागी नभएका जानकारी दिए । बैठकले पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । यस्तै १८ गतेको स्थायी समिति बैठक सारेर मंसिर २१ गतेलाई तय भएको पनि श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस