आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति हुने

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १२ : १४
आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीको उपस्थिति हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरी बस्दैछ।

दिउँसो १ बजेका लागि तय भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने विषयलाई उद्धृत गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित हुने बताएका छन् । 

‘निर्धारित समयमा बालुवाटारमै बैठक बस्छ र प्रधानमन्त्रीसहित सचिवालयका ९ जना नै उपस्थित हुनुहुनेछ,’ पौडेलले भने, ‘र बैठकमा घनीभूत रुपमा छलफल हुनेछ।’

यसअघि प्रधानमन्त्रीको सचिवालयले ओली अरु नै कार्यक्रममा व्यस्त हुने भन्दै सचिवालय बैठकमा उपस्थित नहुने जनाएको  थियो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस