काठमाडौं । नेकपाभित्र विवादले उग्र रुप लिइरहेको बेला एक नेताले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।
नेकपाका नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्माले साच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजिनामा दिन सक्नुपर्ने बताएका छन् ।
एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो जवाफी दस्तावेजमा भनेजस्तै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नै गर्न चाहेको हो भने ओलीेले आफुले राजीनामा दिएर अर्को व्यक्ति जो हो त्यसलाई अगाडि ल्याउनुपर्ने बताए ।
‘म यति कुरा भन्न चाहान्छु कि सम्माननीय प्रधानमन्त्री ज्युले भोलीकै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएर अर्को पात्रलाई को व्यक्ति हो त्यो अगाडि ल्याउनुहुनेछ ।’ नेतृत्व हस्तानतरणको सम्भावना कति छ भन्ने प्रश्नमा नेता शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०७७, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा