काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको दावी गरे । कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बनध सम्भयतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकुल अवस्थामा पनि यो विग्रिएको छैन् । कोरोना महामारीमा पनि हामीले छोडेनाैं ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उनले बताए ।
सचिव श्रृङ्गलाले आज सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् ।
यसैबीच भेटपछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सदुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य