काठमाडौं । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।
गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण ९ओएण्डएम० मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो । अघिल्लो मन्त्रिपरिषद बैठकले प्रहरीको ओएन्डएम स्वीकृत गरेको गृह स्रोतले बतायो ।
गृह स्रोतका अनुसार ओएन्डएम मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी बुधबार प्राप्त भएको छ । अब कार्यान्वयनको चरणमा जाने बताइएको छ ।
नयाँ दरबन्दी थप भएसँगै अब नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने छन् भने डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०७७, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी कार्की न्यूयोर्क प्रस्थान
२ सय ३१ जना असई सई पदमा बढुवाका लागि सिफारिस (सूचानसहित)
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन