काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको सचिवालय बैठक पूर्व निर्धारित समयमा नै बस्ने सामाजिक संजाल मार्फत बताएका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै सचिवालय बैठक आज अपरान्ह १ बजे नै बालुवाटारमा बस्ने तय गरिएको छ । तर, सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।
मन्त्रिपरिषद्को बैठक सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच पार्टी सञ्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ