नेकपा सचिवालयमा ओली माथि प्रचण्डद्धारा प्रश्नको वर्षा, के ओलीले जवाफ देलान ?

फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? सदन बिघटन गर्ने कुरा हो ?

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, ०९ : १९
नेकपा सचिवालयमा ओली माथि प्रचण्डद्धारा प्रश्नको वर्षा, के ओलीले जवाफ देलान ?

काठमाडौं । नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओली माथि प्रश्नको वर्षा नै गरेका छन् । उनले ओली माथि के कस्त प्रश्न तेस्र्याए । के ति प्रश्नहरुको जवाफ अर्का अध्यक्षले  देलान? नेकपाकै कतिपद सदस्य यि प्रश्नहरु गम्भीर भएकाले अर्का अध्यक्ष ओलीले स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् । 

प्रचण्डले सोधेका छन् -- ‘ईश्वर पोख्रेल, रामबहादुर थापा र प्रदीप ज्ञवालीलाई निरन्तरता दिनुपर्दछ भन्दै आएको र कमरेड रामबहादुरको हकमा गत सालदेखि नै उपप्रधानमन्त्री बनाउनुपर्दछ भन्ने विचार राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक झुटको पर्दाले छोप्ने तपाईको नियतलाई अब मैले के भनेर बुझ्ने कमरेड ? अति गर्नु, अत्याचार नगर्नु भन्छन् । यो देख्दा त मलाई पनि भन्न मन लागेको छ,“एनफ इज एनफ” ।

--पार्टी एकताको वैचारिक,राजनैतिक,संगठनात्मक र भावनात्मक आधारमाथि प्रहार गर्ने तपाईं अनि यसो नगरौं भनेर आग्रह गर्ने म सधैंको कचकचे हुने ? यो तपाईंको दृष्टिदोषको समस्या हो भनेर किन नभन्ने ?  

--म बालुवाटारबाट निस्किएपछि त्यसै दिनको क्याबिनेटबाट मलाई पनि थाहा नदिईकन राजदूत नियुक्त गर्नुभयो । अहिले पत्रमा सबै कुरा सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ? 

--बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला बैठकहरु गुटबन्दी होइनन् र ?

--वाम’ गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर म तपाईंकहाँ गएको (रघुवीर महासेठको घरमा) तथ्य पक्कै सम्झना होला ।  पार्टी एकताको निमित्त निर्वाचनपछि प्राप्त प्रधानमन्त्रीको पद त्यागेर आलोपालोको सहमति पनि पुरै तपाईंलाई नै सुम्पने म कचकचे ? यो कस्तो व्याख्या हो ?

--बिघटन भइसकेको पार्टीको महाधिवेशनले छानेको अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो ?

--यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि ? संकटकाल लगाएर जान्छु भन्ने हो कि ? सदन बिघटन गर्ने कुरा हो कि ? 

प्रतिक्रिया दिनुहोस