काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल फेरि दुरुपयोग भएको पाइएको छ ।
‘केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट मंगबलार असम्बन्धित ट्वीट भएको हो ।
सो ट्वीट प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको ट्वीटरमा असम्बन्धित विषयको ट्वीट भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएपछि एकाएक ट्वीट हटाइएको छ ।
पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको ट्वीटमार्फत शुभकामना दिइएको छ । यस्तै दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुसी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको छ । जवकी ट्वीटसहितको फोटोमा भने पत्रकार पौडेल र थापाको फोटो रहेको छ ।
कसरी प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट हुन पुग्यो भनेर सल्लाहकार थापालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
यद्यपी सोही व्यहोराको ट्वीट आफ्नो ट्वीटर ह्याण्डलबाट पनि गरेका छन् ।
यसो त केही पहिले प्रधानमन्त्रीको ट्वीटर ‘पीएम नेपाल’ को समेत दुरुपयोग भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०७७, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै