काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
‘बालुवाटारमा भएको भेटवार्तामा अध्यक्ष प्रचन्डले तपाइँले मैले राजीनामा दिए देश बर्बादीतर्फ जान्छ भन्नुभएछ, कसले माग्यो तपाइँको राजीनामा भनेर प्रश्न गर्दा प्रधानमन्त्री ओली मौन बस्नुभयो’ खुमलटार स्रोतले भन्यो । स्रोतका अनुसार ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन । अघिपछिको जस्तै हात लाग्यो शून्य परिणाम लिएर अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्केका हुन् ।
प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्न प्रचण्डले प्रधानमन्त्री ओलीलाई सुझाव दिए । प्रचण्डको सबै कुरा सुने पनि प्रधानमन्त्री ओली मौन बसेका बालुवाटार स्रोतको भनाइ छ ।
पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेन । ‘प्रचण्डले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग माग गर्नुभयो । ओलीले पहिला दुई अध्यक्षबीच नै सहमति हुनुपर्ने जवाफ दिए’ बालुवाटार स्रोतले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०७७, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’