काठमाडौँ । १२ दिनको तिक्ततापछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । करिब दुई घन्टा लामो छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका थिए ।
१२ दिनपछि भेटघाटका लागि शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए। त्यसक्रममा दाहालले प्रधानमन्त्री ओलीसँग थप कुराकानी नगरी पार्टीको सचिवालय बैठक बोलाउन र त्यही सबै विषयमा छलफल गर्ने बताएका थिए ।
दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड १९ बारे धारणा राखेका थिए। अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसमक्ष धेरै गुनासो गरेका तर प्रधानमन्त्री ओलीले त्यसको कुनै जवाफ नदिएका दाहाल निकट एक नेताले बताए ।
पछिल्ला राजनीतिक घटनापछि दाहाल ओली भेटघाट नै बन्द भएको थियो। संवादहीनताको उक्त अवस्था भने शनिबारको भेटले अन्त्य गरिदिएको छ। अध्यक्ष प्रचण्ड नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरी वालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली एकलौटी ढंगले अगाडि बढेको भन्दै प्रचण्डले आफू बालुवाटार नजाने बरु पार्टी बैठकमै सबै समस्या हल गर्ने गरी छलफल गर्ने बताइरहेका थिए ।
दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकटका नेताहरू दिनहुँजसो खुमलटार पुगेका थिए। बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ खुमलटार पुगेका थिए। बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसमेत अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएपछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०७७, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड