ओलीका दूतहरुलाई प्रचण्डको एउटै जवाफ – ‘अब छलफल पार्टी वैठकमै हुन्छ , एक्लै छलफल गर्न बालुवाटार आउँदिन ’

ओलीले वालुवाटार बोलाउदा सम्म प्रचण्ड तयार नदेखिएपछि ओली पक्षका भित्रियाहरुको सिंहदरवारमा गोप्य छलफल

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०७७, ०९ : ३३
ओलीका दूतहरुलाई प्रचण्डको एउटै जवाफ – ‘अब छलफल पार्टी वैठकमै हुन्छ , एक्लै छलफल गर्न बालुवाटार आउँदिन ’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग संवाद टुटेपछि दिनहुँ अहिले आफना दूतहरु सक्रिय पार्न थालेका छन् । प्रचण्ड निवासमा आफ्ना दूतहरु परिचालन गरेर उनले संवादका लागि आग्रह गरिरहेका छन भने टेलिफोन नै गरेर पनि अहिले प्रचण्डलाई आफुसाग भेटन वालुवाटार आउन आग्रह गरिरहेका छन् ।

तर प्रचण्डले ओलीको त्यस्तो प्रस्तावलाई अश्वीकार गरिरहेका छन् । कात्तिक ४ गते यता ओली र प्रचण्डका वीचमा सम्वाद हुन सकेको छैन । प्रधानमन्त्री ओलीले छलफल एउटा हुने तर निर्णय आफुखुसी अर्काे गर्ने गर्न थालेपछि परिणाम ननिस्कने छलफलमा वालुवाटार एक्लै किन धाईरहने भन्दै अव जे छलफल हुन्छ पार्टी वैठक वोलाएर त्यही गर्न पर्ने भन्दै ओलीका दुतहरुलाई जवाफ फर्काएका छन् ।

वुधबार ओलीको सन्देश बोकेर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका थिए । त्यस्तै हिजो विहिवार विहान प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल खुमलटार पुगेका थिए ।

महासचिव पौडेल केन्द्रीय समितिको वैठक कोभिड र पार्टीभित्र फेरि उत्पन्न समस्या र आन्तरिक तयारी नभएको भन्दै दुई महिना सार्ने प्रस्ताव लिएर खुमलटार पुगेका थिए । तर प्रचण्डले वैठक सार्ने पर्ने अवस्थामा एक महिना मात्र सार्न सकिने भन्दै दुई महिना सार्ने प्रस्ताव अश्वीकार गरिदिएपछि फर्केका थिए ।

पार्टी सचिवालयले पार्टी एकताका बाँकी काम १० दिनभित्र दुई अध्यक्ष र महासचिव बसेर ठोस प्रस्ताव तयार पारेर ल्याउने गरी म्यान्डेट दिएको थियो । तर ओलीले पार्टी एकताको काममा चासो दिनुभन्दा नियुक्ति, आफु निकट मन्त्रीहरुको एकलौटी नियुक्ति लगायतका काममा मात्रै चासो र ध्यान दिएपछि फेरि एकता प्रक्रिया रोकिएको छ ।

प्रचण्डले दुई महिना वैठक सार्न नमानेपछि महासचिव पौडेल खुमलटार वाट निस्केर प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । प्रचण्डले दुई महिना वैठक सार्न नमानेको सन्देश बोकेर वालुवाटार पुगेका महासचिव पौडेलले त्यसपछि वैठक एक महिना पछि सार्न केन्द्रीय कार्यलयका सचिवहरु श्रीरम ढकाल र इश्वरी रिजाललाई प्रेस नोट जारी गर्न अह्राएका थिए ।

त्यसपछि फेरि खमुलटार ओलीका दूतका रुपमा वुधबार नै सुवास नेम्वाङ पुगे । ओलीले पार्टी स्थायी समितिको म्यान्डेट र निर्णय विपरित  नियुक्तिहरु एकलौटी गरेको, मन्त्रिपरिषद्का रिक्त मन्त्री नियुक्तिमा पार्टीभित्र सहमति नगरेको, कर्णालीमा अनावश्यक विवाद झिकेको र पार्टी एकता विपरितको काम गर्ने प्रयास गरेको, अध्यक्ष प्रचण्ड सँग सल्लाह विनै मुख्यमन्त्रीलाई निर्देशनात्मक शैलीमा सर्कुलर गरेको र भारतीय खुफिया एजेन्सी ‘रअ‘ का प्रमुखलाई वालुबाटार बोलाएर भेट गरेको विषय अहिले नेकपाभित्र विवादमा छ ।

नेम्वाङ फेरि लाई फकाई गर्ने नाममा ओलीका दुत बनेर वुधबार खुमलटार पुगेका थिए । त्यहा पुगेर उनले दुई अध्यक्षवीच सम्वाद जारी राखेर समझदारीमा काम गर्न प्रस्ताव गरेका थिए । नेम्वाङले प्रचण्डसँग पहिले जुन विन्दुमा सहमति भएको हो त्यही विन्दुवाट दुई अध्यक्षले समझदारी वनाएर जानुपर्ने प्रस्ताव राखेका थिए ।

’पार्टीभित्र समस्या छ, अहिले ति समस्याहरु समाधान गर्नुपर्छ । दुई अध्यक्ष वीच यस अगाडी पार्टीमा जुन समझदारी भएको थियो, त्यही समझदारीको विन्दुवाट अगाडी वढनुपर्छ,’ – नेम्वाङले प्रचण्डसँग प्रस्ताव गरेका छन् ।

तर प्रचण्डले एक्लाएक्लै वालुवाटार धाएर वार्ता गर्नुको अर्थ नहुने बताएका छन् । पौडेल र नेम्वाङ खटाउँदा पनि सफल नभएपछि फेरि उनले हिजो विहान लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाए । त्यही वीच ओली आफैले प्रचण्डलाई फोन गरे र वालुवाटार छलफलमा आउन आग्रह गरे । तर प्रचण्डले अहिले आफु वालुवाटार जान नसक्ने जवाफ फर्काएका थिए ।

प्रचण्डले वालुवाटार पुगेर एक्लै ओलीसँग सम्वाद गर्न  रुची नै देखाएका छैनन । त्यसकारण उनले कोरोना संक्रमणका कारण आइसोलेसनमा बसेका स्थायी समिति सदस्य जर्नादन शर्मासँग आफुले भेट गरेको र आफु अहिले वालुवाटार नजाने जवाफ फर्काइरहेका छन् । तर उनी निकट नेताहरुका भनाईमा वालुवाटार धाएर अब समस्या समाधान ननिस्कने बुझाईमा प्रचण्ड पुगेका छन् । त्यही भएर उनले आफुलाई भेटन आएका ओलीका दूतहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई एउटै जवाफ दिएका छन् – ‘ अब छलफल पार्टी वैठकमै हुन्छ , एक्लै छलफल गर्न बालुवाटार आउँदिन ।’

प्रचण्ड सकारात्मक नभएपछि ओली पक्षको वैठक
ओलीले एक्लै सम्वादका लागि गरेको प्रस्तावमा प्रचण्ड सकारात्मक नबनेपछि ओली पक्षका दूतहरु र उनका सल्लाहकार नेताहरुका वीचमा हिजो सिहदरवारमा गोप्य वैठक बसेको छ । अबको रणनीति के बनाउने भन्नेमा ओलीका कोर टिमको छलफल सिंहदरवारमा भएको स्रोतले बताएको छ ।

छलफलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, सुवास नेम्वाङ, शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र  सल्लाहकार राजन भटटराई, प्रेस सल्लाहकार सूर्य थापा लगायतका भित्रीयाहरुको छलफल भएको थियो ।

दुई अध्यक्षका वीचमा छलफल हुने, समझदारी हुने र मिल्ने वातावरण नबने पार्टी फेरि संकटमा पर्ने र विभाजन हुन सक्ने निश्र्कष उक्त छलफलमा भएको स्रोतले बताएको छ ।

‘अध्यक्षहरूले नै निर्णय एउटा, काम अर्को गर्न भएन, अहिले त्यही समस्या देखियो, छलफलमा भएको निश्र्कष उल्लेख गदै स्रोतले सफलखबरसँग भन्यो, – ‘अहिले आफूतिरका मात्रै मन्त्री बनाएर प्रधानमन्त्रीले पनि अर्को पक्षलाई खेल्ने ठाउँ दिनुभएको हो, अर्का अध्यक्षले पनि पार्टीको काम गर्नुपर्नेमा चाहिनेभन्दा धेरै भागबन्डा खोजेर बिगार्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस