काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ । नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनु पर्ने हुन्छ ।
गत वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो भने गएको आसारमा निर्वाचन आयोगबाट मान्यता समेत प्राप्त गरिसकेको छ ।
जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यले ५००, संघीय परिषद्का सदस्यले ३००, राष्ट्रिय समितिका सदस्यले २५० र संघीय सांसदहरुले१५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ ।
प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको बमोजिम लेवी बुझाउपर्ने छ भने पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त भएका व्यक्तिहरुले पनि तोकिएको लेवी बुझाउपर्ने पार्टीको निर्णयमा उल्लेख छ । पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०७७, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन