चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चितवन-३ का उम्मेदवार थमन सिंह सुनार (शंकर)ले रेनु दाहाललाई समर्थन गर्दै नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्नुभएको छ ।
माडी नगरपालिका-९, बगहीं निवासी सुनारले आइतबार भरतपुर क्षेत्रमा सम्पन्न एक कोणसभा कार्यक्रममा नेकपा प्रवेश गरी आफ्नो उम्मेदवारी निष्कृय पार्दै नेकपा उम्मेदवार दाहाललाई समर्थन गर्नुभएको हो । यसअघि, नेकपा (संयुक्त)बाट चितवन-३ कै प्रतिनिधिसभा सदस्य उम्मेदवार जितबहादुर सुनार समेत दाहाललाई समर्थन गर्दै नेकपा प्रवेश गरेका थिए ।
यसैबिच, भरतपुर महानगरपालिका-२५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी १६० भन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको नेकपाले बताएको छ । भरतपुरका विभिन्न टोल तथा वडाबाट आएका राप्रपा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहालले फुलमाला र अबिर लगाएर स्वागत गरेकी थिइन् । नवप्रवेशी कार्यकर्ताहरूले ‘रेनु जिताउ अभियान’ मा आफूहरू समाहित भई भरतपुरको विकास अनुभवलाई चितवनभर विस्तार गर्न साथ दिने बताएको जनाइएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय