पर्सा । पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।
जसपा नेपाल परित्याग गरेका यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । गएराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् ।
अध्यक्ष ओलीले यादवलाई पार्टीमा स्वागत गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउने तयारी गरेका छन् ।
यसअघिको निर्वाचनमा यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाटै विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय