काठमाडौँ । दुई अक्षरको एउटा शब्द लाज । त्यही लाज नभएपछि जसले जे गरेपनि हुँदोरहेछ । जनताको पक्षमा सिन्को भाँच्न नसकेको ओली सरकारले लाज पचाएर सरकारी ढुकुटीबाट सांसदहरुलाई तीन करोड रुपैयाँभन्दा बढी रकम दसैँ भत्ता भन्दै ह्वारह्वार्ती बाँडिरहेको छ ।
कमाउनिष्टमा रुपान्तरण भएको कम्युनिष्ट सरकारले जनतालाई राहत दिनुको साटो सांसदहरुलाई दसैँ भत्ता बाँडेर भोकले मर्ने हालतमा पुगेका जनतालाई नै आहत बनाउने काम गरेको छ । जनताको उपचार हुने वीर अस्पतालमा अक्सिजन प्लान्ट मर्मत गर्न सरकारले ३५ लाख रुपैयाँ निकासा नगर्दा ६ महिनादेखि बिरामी मर्कामा परेका छन् ।
सरकारले गत वर्ष निर्णय गरी सांसदहरुलाई दसैँ भत्ता उपलब्ध गराउन थालेको हो । त्यतिबेला पनि लाज पचाएर दसैँ भत्ता हसुरेका सांसदहरुले यस वर्ष त लाज मान्नु पर्ने थियो तर मानेनन् । कोरोना भाइरस (कोभिड १९) को महामारीले देशलाई यसरी जकडिसकेको छ कि जनताले उपचार नपाएर मर्नु पर्ने अवस्था आइसकेको छ । अस्पतालमा आइसियू र भेन्टिलेटर खाली छैनन् । थप आइसियू र भेन्टिलेटरको जोहो गर्नु पर्ने दायित्व बोकेको सरकार भने सरकारी अस्पतालमा अक्सिजनको जोहो गर्न समेत असफल भएको छ ।
संसद् सचिवालयका अनुसार सबैजसो सांसदहरूले असोजको अन्तिम साता दसैँ पेस्की पाएका छन् । संसदबाट दसैँ खर्चवापत तीन करोड सात लाख ५४ हजार रुपैयाँ वितरण भइसकेको छ । सांसदहरुले एक महिनाको थप तलब दसैँ भत्ताका रुपमा बुझेका हुन् ।
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०७७, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग