काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजनाबाट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले अर्बौ घुस लिएको आरोप बावुरामले लगाएका थिए ।
प्रवक्ता श्रेष्ठले बुधवार विज्ञप्ति प्रकाशित गरी घुस लिएको कपोकल्पित आरोपबारे बावुरामले सार्वजनिक माफी माग्नु पर्ने बताएका थिए । ‘बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।
सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ’ भट्टराईले बुधवार साझ ट्वीट गर्दै भनेका छन् ।
भट्टराईले श्रेष्ठलाई जस्केलाबाट संसद छिरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ असोज २०७७, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई