काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।
बूढीगण्डकी जलविद्युत आयोजनाबाट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले अर्बौ घुस लिएको आरोप बावुरामले लगाएका थिए ।
प्रवक्ता श्रेष्ठले बुधवार विज्ञप्ति प्रकाशित गरी घुस लिएको कपोकल्पित आरोपबारे बावुरामले सार्वजनिक माफी माग्नु पर्ने बताएका थिए । ‘बुढीगण्डकी, एनसेल, वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।
सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउ’ भट्टराईले बुधवार साझ ट्वीट गर्दै भनेका छन् ।
भट्टराईले श्रेष्ठलाई जस्केलाबाट संसद छिरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ असोज २०७७, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई