बिहारमा लालु यादवका छोरा तेजस्वी र तेजप्रताप यादव सहित ६ जना माथि हत्याको आरोपमा मुद्दा दर्ता

एजेन्सी

सोमबार, १९ असोज २०७७, १० : ४२
बिहारमा लालु यादवका छोरा तेजस्वी र तेजप्रताप यादव सहित ६ जना माथि हत्याको आरोपमा मुद्दा दर्ता

एजेन्सी । बिहारमा विधानसभाको चुनाव नजिकिदैं जाँदा दलहरु बिच तिब्र अरोप प्रत्यारोप शुरु भएको छ । चुनावको प्रचारप्रसार तिब्र हुदै जादा त्यहां स्थित राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उपमुख्यमन्‍त्री तेजस्वी यादव र उनका दाइ एवं पूर्वमन्‍त्री तेजप्रताप यादवसहित ६ जना विरुद्ध हत्या आरोपमा मुद्दा दर्ता भएको छ । 

तेजस्वीसहित ६ जनामाथि पार्टीका एक पूर्वनेता शक्ति मलिकको हत्या आरोपसहित बिहारको पूर्णिया स्थित प्रहरीमा (एफआईआर) दर्ता गराइएको छ । मलिकको हत्या आइतबार बिहान भएको थियो । उनी राष्ट्रिय जनता दलका आरक्षिततर्फको जातिजनजाति विभागका सचिव रहीसकेका थिए । पूर्णियाका प्रहरी प्रमुख विशाल शर्माका अनुसार, मृतक शक्ति मालिककी पत्‍नी खुशबु देवीको बयानका आधारमा ६ जनाविरुद्ध एफआईआर दर्ता गरिएको हो । त्यहाँको प्रहरीले यसबारे थप जाँच गरिरहेको जनाइएको छ ।

एफआईआरमा अनिलकुमार साधु, कालु पासवान, सुनीता देवी र मनोज पासवानको नाम पनि राखिएको छ । अनिलकुमार लोक जनशक्ति पार्टीका वरिष्ठ नेता एवं केन्द्रीय मन्‍त्री रामविलास पासवानका ज्वाइँ हुन् ।

साथै उनी आरक्षित जाति(जनजातितर्फका पूर्णिया जिल्ला अध्यक्षसमेत हुन् । स्थानियका अनुसार मृतक मलिकले रानीगन्ज विधानसभा क्षेत्रबाट चुनाव लड्नका लागि टिकट मागिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस