एजेन्सी । बिहारमा विधानसभाको चुनाव नजिकिदैं जाँदा दलहरु बिच तिब्र अरोप प्रत्यारोप शुरु भएको छ । चुनावको प्रचारप्रसार तिब्र हुदै जादा त्यहां स्थित राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव र उनका दाइ एवं पूर्वमन्त्री तेजप्रताप यादवसहित ६ जना विरुद्ध हत्या आरोपमा मुद्दा दर्ता भएको छ ।
तेजस्वीसहित ६ जनामाथि पार्टीका एक पूर्वनेता शक्ति मलिकको हत्या आरोपसहित बिहारको पूर्णिया स्थित प्रहरीमा (एफआईआर) दर्ता गराइएको छ । मलिकको हत्या आइतबार बिहान भएको थियो । उनी राष्ट्रिय जनता दलका आरक्षिततर्फको जातिजनजाति विभागका सचिव रहीसकेका थिए । पूर्णियाका प्रहरी प्रमुख विशाल शर्माका अनुसार, मृतक शक्ति मालिककी पत्नी खुशबु देवीको बयानका आधारमा ६ जनाविरुद्ध एफआईआर दर्ता गरिएको हो । त्यहाँको प्रहरीले यसबारे थप जाँच गरिरहेको जनाइएको छ ।
एफआईआरमा अनिलकुमार साधु, कालु पासवान, सुनीता देवी र मनोज पासवानको नाम पनि राखिएको छ । अनिलकुमार लोक जनशक्ति पार्टीका वरिष्ठ नेता एवं केन्द्रीय मन्त्री रामविलास पासवानका ज्वाइँ हुन् ।
साथै उनी आरक्षित जाति(जनजातितर्फका पूर्णिया जिल्ला अध्यक्षसमेत हुन् । स्थानियका अनुसार मृतक मलिकले रानीगन्ज विधानसभा क्षेत्रबाट चुनाव लड्नका लागि टिकट मागिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ असोज २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता
बिहारमा एनडीए गठबन्धनलाई २०२ सिट, विपक्षी गठबन्धन ३५ सिटमा सीमित
आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै
बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित