काठमाडौं । भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचन नजिकिँदै गर्दा जनता दल युनिइटेड (जेडीयू) ले १६ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।
पार्टीमा विद्रोह गरेको भन्दै जेडीयूले एक बहालवाला विधायक र दुई पूर्वमन्त्रीसहित १६ नेतालाई निष्कासन गरेको हो ।
निष्कासित गरिएका मध्ये अधिकांश नेताहरू पार्टीको आवद्धता रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का आधिकारिक उम्मेदवारविरूद्ध चुनावी मैदानमा उत्रिएका छन् ।
पार्टीबाट निष्कासित नेताहरू माथि जेडीयूले ‘पार्टी विरोधी गतिविधि’ मा सहभागी भएको र ‘पार्टीको विचारधारा उल्लंघन’ को आरोप लगाएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता
बिहारमा एनडीए गठबन्धनलाई २०२ सिट, विपक्षी गठबन्धन ३५ सिटमा सीमित
आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै