काठमाडौं । भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचन नजिकिँदै गर्दा जनता दल युनिइटेड (जेडीयू) ले १६ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।
पार्टीमा विद्रोह गरेको भन्दै जेडीयूले एक बहालवाला विधायक र दुई पूर्वमन्त्रीसहित १६ नेतालाई निष्कासन गरेको हो ।
निष्कासित गरिएका मध्ये अधिकांश नेताहरू पार्टीको आवद्धता रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का आधिकारिक उम्मेदवारविरूद्ध चुनावी मैदानमा उत्रिएका छन् ।
पार्टीबाट निष्कासित नेताहरू माथि जेडीयूले ‘पार्टी विरोधी गतिविधि’ मा सहभागी भएको र ‘पार्टीको विचारधारा उल्लंघन’ को आरोप लगाएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, ०९ : ५१
लेखकबाट थप