चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा विकासको लहर चलेको बताएकी छिन् । आइतबार भरतपुर महानगरपालिका ६ मा कालोपत्रे गरिएको उमेश मार्गको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।
“स्थानीय निर्वाचन पछि भरतपुर महानगरपालिकामा विकासको लहर चलेको छ । समानुपातिक र सन्तुलित विकासमा हामी केन्द्रित छौँ” प्रमुख दाहालले भनिन्, “म भरतपुरमा भएको विकास प्रति पूर्ण सन्तुष्ट छु ।” भरतपुर महानगरमा सन्तुलित, समानुपातिक र चौतर्फी विकासलाई निरन्तरता दिइएको मेयर दाहालको भनाइ छ ।
नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष यमबहादुर परियारले सहिदको सपनासंग जोडिएको सडक निर्माण हुदाँ यहाँका हरेक नागरिकको चाहना सम्बोधन भएको बताए । जनयुद्दमा शहदत प्राप्त उमेश बोहोरा “हुरी” को स्मृतिमा सडकको नामकरण गरिएको हो । सडकको निर्माण सुदेश्ना निर्माण कम्पनीले निमार्ण गरेको हो ।
पाण्डे घुम्ती देखि चोकबजार र पारिजात मार्गका साथै आकृति मार्ग जोड्ने शहिद उमेश मार्ग सडक महत्वपूर्ण सडक हो । १ किलोमिटर २ सय १५ मिटर लम्बाई रहेको सडक चितवन क्षेत्र न ३ का प्रतिनिधि सभा सांसद पुष्प कमल दाहाल प्रचण्ड द्वारा केन्द्र सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ४० लाख, भरतपुर महानगरको पुरक बजेट मार्फत ४० लाख र स्थानीयको १७ लाख ८ हजार ३ सय ६९ रुपैया गरि ९७ लाख ८ हजार ३ सय ६९ कुल लागतमा निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ असोज २०७७, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना