नेपाल प्रहरीको ४८८ जना प्रहरी निरिक्षकको सरुवा

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, ०९ : ५७
नेपाल प्रहरीको ४८८ जना प्रहरी निरिक्षकको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक कार्यालयले सोमबार गरेकोको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

CG Hills

सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग साँखुमा जानुका देवी खरेलको सरुवा भएको छ भने साँखुका इन्सपेक्टर गोविन्द पन्थीको मानब बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङलाई पठाइएको छ ।