काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुम्वासीका पीडालाई राज्यले उपेक्षा गरेको आरोप लगाएका छन्। सुरक्षित गर्ने नाममा सरकारद्वारा घरबारविहीन बनाइएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूले आमसञ्चार माध्यमहरूमा व्यक्त गरेका पीडाहरू अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील भएको बताएका छन्।
उनले भनेका छन्, ‘एकातिर उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर खाली गर्न लगाउनु, अनि त्यहाँ आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनुले अमानवीयताको हद पार गरेको छ। त्यसमाथि सरकारले सुरक्षित राखेको भनेका होल्डिङ सेल्टर नै डुबानमा परेका समाचार आइरहेका छन् ।’
असुरक्षित र अनधिकृत क्षेत्रमा बसेका सुकुम्वासीहरूलाई हटाउनु पूर्व उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएपनि सरकार चुकेको आरोप लगाए। सरकारले सुकुम्वासी बस्ती खाली गर्नुलाई नै बहादुरी ठानेको टिप्पणी गरे।
उनले थपेका छन्, ‘अहिले विस्थापित सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुको अवस्था निकै जटिल बन्दै गएको देखिन्छ । तसर्थ, सरकारले समयमै घरबार विहीन बनाउँदा आफ्ना कमजोरी र त्रुटिहरूलाई सुधार गर्दै विस्थापितहरूको न्यायोचित व्यवस्थापनमा अविलम्ब ध्यान देओस्।’
उनले सुकुम्वासीको बिचल्ली भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असार २०८३, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
आर्थिक–सामाजिक असन्तोषले उदाएको नयाँ शक्ति दीर्घकाल टिक्दैन: शंकर पोखरेल
सत्य बुझेको एमाले हरेक चुनौतीको सामना गर्छ : शंकर पोखरेल
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल