काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिको रुपमा उठाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे ।
पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए । राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागिहरुलाई विश्वास दिलाए ।
पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफु इमानदारीपूर्वक लाग्ने थापाले बताए । गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना संकट, पार्टी एकता र भावी कार्ययोजना बारे पछिल्लो समय प्रविधीको सदुपयोग गर्दै निरन्तर बैठक गरिरहेका छन् । जनवर्गीय संगठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी सांगठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिबालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ असोज २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ