काठमाडौं । बिहिबार बिहान नेकपा अध्यक्ष प्रचण्डसँग झण्डै एक घण्टा भलाकुसरी गरेर फर्केपछि वरिष्ठ नेता माधव नेपालले आफु निकट केही नेतालाई टेलिफोन गरे । भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, युवराज ज्ञवाली लगायत नेतालाई उनले टेलिफोन गरेका थिए ।
‘साँझ ५ बजे निवास आउनुहोला, केही छलफल गर्नुपर्नेछ,’– नेपालले आफु निकटका स्थायी समिति सदस्यलाई आमन्त्रण गर्दै भनेका थिए । त्यसपछि स्थायी समितिमा रहेका उनी निकट नेतामध्ये मन्त्रीहरु घनश्याम भुषाल, योगेश भट्टराई बाहेकका अन्य नेताहरु नेपाल निवास कोटेश्वर पुगे । नेपालले उनीहरुलाई घर नजिकै रहेको वन पैदावार समितिको कार्यालयको हलमा लिएर गए । त्यहाँ उनले आज बस्ने पार्टी स्थायी समिति बैठकमा आफ्नो प्रस्तुतीका बारेमा ब्रिफिङ गरे ।
‘लामो अन्तरसंर्घष पछि आधा लडाई जितिएको छ, पार्टीलाई विधि पद्दतीमा हिडाउँछु भन्न पार्टीका अध्यक्षद्दयलाई बाध्य पारिएको छ, यो आधा लडाई जितिएको एउटा आधार हो, अझै कतिपय विषय समेटिएको छैन्, सम्बोधन गर्न सकिएको छैन,’ नेता नेपालले आफु निकट नेताहरुलाई ब्रिफिङ गर्दै भने, –‘दुई अध्यक्षले कार्यदल हुँदै जे –जे प्रस्ताव ल्याउनुभएको छ, त्यो सारतः ठिकै छ, तर त्यसको ब्यवहारमा अब कार्यान्वयन के कसरी हुन्छ, त्यो दाँज्न बाँकी छ ।’ तर उनले आफुहरुले उठाउदै आएको ‘एक ब्यक्ती एक प्रमुख जिम्मेवारी’को विधानको ब्यवस्था को नीतिलाई नछोड्ने बताए । ‘यो मुद्दा पूरा भएको छैन् ।
तर अहिले अब यसलाई चर्काएरै वारपार भन्दा पनि एजेण्डा महाधिवशेनमा लाने गरी जानु आवश्यक भएको छ,’ नेता नेपालले भने, –‘कार्यदलको प्रतिवेदनले एउटा रामै्र कुरा गरेको छ कि हामी अतीतमुखी भएर नजाऔं, भविश्यमुखी भएर जाऔं । यो सोच ठिकै पनि हो, यसलाई मैले सकारात्मक रुपमा लिएको छु । अब धेरै अतीतमा अल्झेर बस्न हुँदैन । जनताले हामीबाट ठूलो आशा र अपेक्षा गरेका छन् । जनताले ‘परफरमेन्स’ खोजेका छन् । त्यसअनुसार पार्टी र सरकार जान्छ÷जादैन हामीले अब त्यही हेर्नुछ ।’ नेता नेपालले अध्यक्ष प्रचण्डले अब पार्टीको कार्यकारी अधिकार जीवन ब्यवहारमै कसरी प्रयोग गर्छन् भन्ने कुराले पनि पार्टीभित्रको अन्तरविरोधमा धेरै कुराको निधो हुने भनाई नेताहरुलाई सुनाएका थिए । उनले भने, –‘प्रचण्डको अधिकार पार्टीमा अब प्रष्ट किटान गरिएको छ ।
अब उनले त्यो अधिकार कसरी प्रयोग गर्छन ? हामीलै उनको ब्यवहारलाई पनि अब हेर्नुपर्छ । हाम्रो अहिलेको प्राप्ति भनेको पार्टीलाई विधिमा चलाएर बलियो बनाउने, पार्टी गतिशील बनाउने र पार्टीको गतिशीलतालाई बृद्धि गर्ने कुरा हो । पार्टीमा न्यायपूर्ण ढंगबाट कुनै पनि कामहरु गर्ने, न्यायपूर्ण ढंगबाट भन्ने वित्तिकै विधि र पद्दतिको कुरा आयो । सही विचार र सही नीतिको कुरा आयो । यो हदमा हामी आधा जितको अवस्थामा छौं ।’ नेपालले आफ्ना कुरा अरु पार्टी बैठकमै राख्ने भएकाले अहिले असहमतिका धेरै विषय राख्ने, अध्यक्षद्धय ओली र प्रचण्ड मिले उनीहरुसँग जुधेर जाने भन्ने नीतिमा भने नजाने बताएका छन् ।
‘मिल्ने कुरालाई सकारात्मक रुपमा नै लिनुपर्छ, अहिले नै फरक मत राख्ने भन्ने हुदैन । विषयमा केही आलोचनात्मक टिप्पणी भने गर्ने र त्यही अनुसार एजेण्डा लाई बोकेर जाने भन्ने हुन्छ’,– नेपालको भनाई थियो । कोभिडकका कारण बैठक लम्ब्याउन नसक्ने अवस्थामा धेरै विवाद नगर्ने नीति अहिलेलाई अख्तियार गर्ने पनि नेपालले बताए । आफु निकट स्थायी समिति सदस्यहरुसँग छलफल अगाडी बिहान उनले प्रचण्डसँग आफना केही असहमतिका विषय मौखिक रुपमा आलोचनात्मक रुपमा बैठकमै राख्ने बताएका थिए ।
प्रचण्डले भने बैठक नलम्ब्याउन, आफुलाई सहयोग गरेर जान र आफुले नेपाल सहित नेतालाई साथ लिएरै जान चाहेको बताएका थिए । यसलाई नेपाल पक्षले भने प्रचण्डको नीतिलाई पर्ख र हेरको नीति अनुसार अगाडी जानुपर्ने नीति अवलम्वन गर्ने बताएको छ । नेकपामा असार १० बाट जारी बैठक बीचमा विवादका कारण अवरुद्ध भएपनि अहिले भने पूनः बोलाईएको छ । बैठक बिहान ११ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल