काठमाडौं । प्रधानमन्त्री केपी ओली मंगलवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास पुगे । झण्डै दुई घण्टा उनले भण्डारीसँग भेटवार्ता गरे । बालुवाटार र शितल निवास दुवैतिरकाले यो भेटघाटलाई नियमित भेटवार्ताको रुपमा अथ्र्थाएका छन् । तर जब पार्टी र सरकारका विषयमा केही महत्वपूर्ण निर्णय प्रधानमन्त्री ओलीले चाल्न खोज्छन्, त्यसपूर्व नै ओली र भण्डारीले आपसी परामर्श गर्छन् । भण्डारी पनि आफु सम्वैधानिक हैसियतामा संविधानको पालकको रुपमा छु भन्ने बिर्सिन्छन र सत्ताको भागवन्डा, नियुक्ति, राजनीति लगायतका सबैमा प्रत्यक्ष चासो राख्छिन् ।
ओली र भण्डारीले आपसी समक्षदारीमा लगाइने टुंगो नै पछि ओलीले सत्ताको बागडोरबाट कार्यान्वयनमा ल्याउने जमर्काे गर्छन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका बीचमा हुने छलफलका मुख्य पटाक्षेप यिनै हुन् । राष्ट्रपति भण्डारीको प्रत्यक्ष चासो सम्बोधन नभएसम्म सत्तासिन दल नेकपाभित्र कुनै दाल गल्ने अवस्था समेत देखिन छोडेको छ । कतिपयले भन्छन्, नेकपाभित्र दुई जना मात्र अध्यक्ष छैनन् । अर्का पनि अध्यक्ष छन, अदृश्य रुपमा उनी हुन्, राष्ट्रपति भण्डारी ।
मंगलबार पनि ओली र भण्डारी बीचको भेटवार्ता सत्तारुढ दलभित्र फेरि देखापर्न सक्ने सम्भावित संकट, मन्त्रिपरिषद् पूर्नगठन र राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनितका विषयमा केन्द्रीत रहेर भएको सूत्रहरुको दाबी छ । ओलीले राष्ट्रिय सभामा उपाध्यक्ष बामदेव गौतम र अर्थमन्त्री रहेका युवराज खतिवडा मध्ये कसलाई रोज्ने ? गौतमले फेरि किन आफुलाई चुनौति दिने गरि फागुन १४ को निर्णय कार्यान्वयन गर्न भन्दै डटेर आए ? भन्ने सम्मका विषयमा लेखाजोखा राष्ट्रपति भण्डारीसँग बसेरै गरेको सूत्रहरु बताउँछन् । यसका अतिरिक्त उनले अब पूर्नगठन गर्ने मन्त्रीहरुमा क कसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने सम्मको छलफल गरेको स्रोत बताउँछ ।
त्यसका लागि उनले सम्भावित हटाइने मन्त्री र थपिने मन्त्रीहरुको सूचि नै बोकेर राष्ट्रपति कँहा पुगेको र त्यही आधारमा दुई जनाले छलफल गरेको बताइन्छ । क्याबिनेट पूर्नगठन गर्दा पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई अप्ठयारो पार्ने गरी प्रचण्ड निकट भनिएकै नेताहरुलाई आफ्नै तर्फबाट राख्ने र फाल्ने सम्मका निर्णय गर्ने गरी ओली अगाडी बढ्ने रणनीतिमा देखिएका छन् । उनले उद्योग वाणिज्य तथा आर्पूित मन्त्री लेखराज भट्ट लगायत नेतालाई दोहोराउने रणनीतिमा लागेका छन् । उनले दुई वटा मन्त्रालय फुटाउने देखि कुन नेतालाई कुन मन्त्रालय दिने सम्मको विषयमा राष्ट्रपति भण्डारीसँग छलफल गरेका निकट स्रोतहरुले बताएका छन् ।
नेकपाको १८ भदौं अर्थात भोलि सचिवालय बैठक बस्दैछ । यो बैठकबाट राष्ट्रिय सभामा अब उपाध्यक्ष गौतमलाई पठाउने या युवराज खतिवडालाई लैजाने भन्नेमा निर्णय लिनेछ । त्यस्तै अबको क्याबिनेट पूर्नगठनका विषयमा पनि चर्चा चल्ने भएको हुँदा राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ता निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ भदौ २०७७, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति