काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निश्चित कैद अवधि र उमेर पार गरेका कैदीबन्दीलाई रिहाइको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले कोभिड–१९ संक्रमणबाट बचाउनका लागि कैदीबन्दीलाई रिहाइको व्यवस्था मिलाउन भनेको हो । समितिको आइतबारको भर्चुअल बैठकले दिएको निर्देशनमा छ, ‘कारागारको दीर्घकालीन सुधार तथा व्यवस्थापनका लागि फौजदारी कसुर ऐन २०७४ मा भएका व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्ने, निश्चित उमेर समूह र अवधि पार गरेका कैदीबन्दीलाई तत्काल रिहा गर्न आवश्यक व्यवस्था गर्ने ।’
समिति सभापति शशी श्रेष्ठले कारागारहरूमा संक्रमण फैलिँदै गएकाले आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको बताइन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ भदौ २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ
कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ