काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
होम क्वारेन्टिनमा रहेका तीनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको छ । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा थिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै मन्त्रीहरु र प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा बसेका थिए ।
केही दिनअघि छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा मन्त्रीहरुसहित प्रधानसेनापति थापा गएका थिए । सोही क्रममा कोरोना संक्रमित कर्मचारीसँग मन्त्रीहरुको भेट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)