काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
होम क्वारेन्टिनमा रहेका तीनै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको छ । यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पीसीआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा थिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै मन्त्रीहरु र प्रधानसेनापति थापा पनि होम क्वारेन्टिनमा बसेका थिए ।
केही दिनअघि छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा मन्त्रीहरुसहित प्रधानसेनापति थापा गएका थिए । सोही क्रममा कोरोना संक्रमित कर्मचारीसँग मन्त्रीहरुको भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल