एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । धोनीले शनिबार सामाजिक संजालबाट सन्यास लिएको घोषणा गरेका हुन् । धोनीसंगै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
धोनीले शनिबार साँझ इन्स्टाग्राममा लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ बजेर २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ उनले आफ्नो करियरको विभिन्न आरोह–अवरोहलाई ‘मैं पल दो पलका शायर हूं’ गीतसहितको भिडियो बनाएर समेत ईन्सटाग्राममा सेयर गरेका छन् ।
क्रिकेट अति लोकप्रिय खेल रहेको भारतमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो ।
धोनीले टेस्ट क्रिकेटबाट भने सन् २०१५ को सुरुवातमै सन्यासको घोषणा गरेका थिए । धोनीले सन् २००४ मा भारतीय टिममा डेब्यु गरेका थिए । डेब्यु गरेको ३ वर्षमै उनलाई ट्वान्टी–२० टिमको कप्तानी दिइएको थियो । त्यस्तै इन्डियन प्रिमियर लिगमा पनि धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक उपाधि दिलाएका छन् ।
धोनीले भारतीय टिमबाट ३ सय ५० एकदिवसीय म्याच खेलेका छन् जसमा उनले ५० को औसतले १० हजार ७ सय ७३ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा धोनीले १० शतक र ७३ अर्धशतक प्रहार गरेका छन् । विकेटकिपरमा रुपमा धोनीले ३ सय २१ क्याच समातेका छन् भने १ सय २३ जना खेलाडीलाई स्टम्प आउट गरेका छन् ।
त्यस्तै धोनीले ट्वान्टी–२० क्रिकेटमा धोनीले भारतबाट ९८ म्याच खेलेका छन् । उनले ट्वान्टी–२० मा एक हजार ६ सय १७ रन बनाएका छन् । त्यस्तै टेस्ट क्रिकेटमा धोनीले ९० खेलमा ३८ रनभन्दा बढीको औसतमा ४ हजार ८ सय ७६ रन बनाएका छन् । टेस्ट क्रिकेटमा धोनीले २ सय ५६ वटा क्याच समातेका छन् भने ३८ पटक स्टम्प आउट गराएका छन् । ट्सम्यानका रुपमा उनले टेस्ट क्रिकेटमा ६ शतक र ३३ अर्धशतक प्रहार गरेका छन् ।
धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्न नपाउँदै ३३ वर्षीय सुरेश रैनाले यो निर्णय लिएका हुन् । धोनीले सन्यास लिएपछि आफूले पनि लिएको रैनाले जनाएका छन् । रैनाले ३३ वर्षको उमेरमा भारतीय टोलीबाट सन्न्यास लिएका हुन् । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ टि२० आई खेलेका छन् । रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्धनै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले टि२० आईमा डेब्यु गरेका थिए ।
एकदिवसिय खेलमा रैनाले ५ शतक र ३६ अर्ध शतकका साथ ५ हजार ६ सय १५ रन बनाएका छन् । टि२० आईमा १ शतक र ५ अर्ध शतक सहित कुल १६ सय ५ रन बनाएका छन् । रैना टि२० आईमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वका तेस्रा ब्याट्सम्यान हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३२ साउन २०७७, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि