काठमाडौं । नेकपा एमालेको महाधिवेशन सन्निकट आउँदा नेताहरु धुव्रिकरण हुने, गुट अदलबदल गर्ने क्रम तीव्र भएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण रोक्ने र आफुसँग प्रतिस्पर्धामा आउनै नदिने एमाले अध्यक्ष केपी ओलीको निर्णयमा असहमति जनाएका नेताहरु फेरि ओलीतिरै फर्किएका छन् ।
उनीहरुले एमालेको अबको नेतृत्व पनि ओलीले नै गर्नुपर्ने भन्दै फर्किएका छन् । ओलीसँग इश्वर पोखरेल प्रतिस्पर्धामा आउने पक्का भएपछि पोखरेलको तुलनामा एमालेमा ओलीले नै नेतृत्व गर्नुपर्ने मत राखेर उनीहरु ओलीतिर झुकाव देखाउन थालेका हुन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा वकालत गरेका आधा दर्जन केन्द्रीय सदस्यले ओलीलाई नै समर्थन गर्ने जनाउ दिएका छन् । यस्ता नेताहरुमा स्थायी समिति सदस्य थममाया थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, प्रभा बराल, कृष्ण थापासहितका नेताहरु छन् ।
यी नेताहरु पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिएका थिए । उनीहरुले अहिले ओलीको पक्षमा आफुलाई उम्भाउन लागेका हुन् । त्यस्तै, विगतमा विद्या भण्डारीको पक्षमै खुलेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल पनि ओलीलाई नै अध्यक्ष बनाउने पक्षमा उभिएका छन् ।
भण्डारीको इश्वर पोखरेललाई साथ भएपछि ती नेताहरुले पोखरेलको पक्षमा आफुलाई उभ्याउने अपेक्षा गरिएकोमा त्यसो नभई उनीहरु ओलीतिर खुलेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग