विराटनगर । नेकपा (एमाले)को आसन्न ११औँ महाधिवेशनका निम्ति प्रतिनिधि छनोटमा कोसी प्रदेशसभाका दुई सदस्य पराजित भएका छन् । सुनसरी क्षेत्र नम्बर–१ मा कोसी प्रदेशसभाका सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राई हारेका हुन् ।
त्यहाँबाट खुलातर्फ आशाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भए । निर्वाचित सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरे । पराजित बस्नेतले ३७६ र राईले ३९१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
उनीहरू दुवैजना सुनसरी–१ अन्तर्गतका दुई प्रदेशसभा क्षेत्रबाट निर्वाचित सदस्य हुन् । बस्नेतले सुनसरी क्षेत्र नम्बर–१ ‘क’ र राईले ‘ख’बाट प्रतिनिधित्व गर्छन् ।
शनिबार (मंसिर १३) धरानमा भएको प्रतिनिधि चयन निर्वाचनमा ४५.४५ प्रतिशत मत खसेको थियो । धरानमा कायम तीन मतदान केन्द्रमा एक हजार ७७१ मतदाता रहेकामा ९६६ ले मात्र मत खसालेका निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ मंसिर २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग