काठमाडौं । नेपाल सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेन–जी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले यो दिनलाई औपचारिक रुपमा राष्ट्रिय दिवसका रूपमा मनाउने व्यवस्था गर्दै आवश्यक कार्यक्रम तथा तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो।
सरकारका अनुसार यस दिवसले समाज परिवर्तन, अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताको पक्षमा आवाज उठाउँदै जीवन गुमाएका जेन–जी पुस्ताका युवक–युवतीहरूको सम्झना गर्नुपर्ने भएको बताएको छ। सरकारका प्रवक्ताले भने, “यो दिवसले नयाँ पुस्ताको बलिदानलाई राष्ट्रिय स्मृतिमा स्थापित गर्नेछ र भावी पुस्तालाई जनअधिकार तथा नागरिक चेतनाबारे प्रेरित गर्नेछ।”
भदौ २३ गते देशभर श्रद्धाञ्जली कार्यक्रम, युवा संवाद, मानवअधिकार प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा स्मृति कार्यक्रमहरूको आयोजना गरिने बताइएको छ। स्थानीय तहदेखि संघीय तहसम्म सरकारी कार्यालयहरूलाई पनि सहिद दिवसका अवसरमा विशेष कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।
सरकारले आगामी वर्षदेखि विद्यालय र क्याम्पसहरूमा ‘जेन–जी सहिद दिवस’ विशेष कक्षा र चेतना कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?