काठमाडौं । सुनसङै चाँदीको मूल्य पनि आज बढेको छ ।चाँदीको मूल्यमा कीर्तिमानी कायम भएको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ तय गरेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ३४९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
त्यस्तै सुनको भाउ तोलामा १४०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?